काठमाडौँ । नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले पछिल्लो समय नेपालको राजनीतिमा एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फमा केन्द्रित भएको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै एक वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने स्थिति आउनुको मुख्य नायक नै प्रधानमन्त्री ‘प्रचण्ड’ भएको बताए।
उनले भने, ‘अहिले जसले जसलाई झुक्क्याएर सत्ता प्राप्त गरे पनि हुन्छ नेपालमा, गएको केही समयदेखि हामीले त्यही स्थापित गरेका छौँ। प्रधानमन्त्रीले हुँदा हुँदा आफैँ वर्षमा तीन तरिकाले विश्वासको मत लिनुपर्ने यो भन्दा लाज लाग्दो कुरा के हुन्छ भन्न थाल्नुभयो। तर, त्यसको मूल नायक त उहाँ नै हुनुहुन्छ नि। उहाँ नभएको बेलामा मैले गाली गर्न खोजेको होइन।’
उनले सरकारमा गएकाहरूले गएकै दिनदेखि जोगाउने र विपक्षमा बस्नेहरूले भत्काउने खेलमा लागिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने