बेइजिङ । दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो । जसमा सडकको एउटा लेनको १८ मिटरसम्मको भूभाग खसेको थियो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रुहरू सवार २० सवारी साधन तल झरेका थिए । घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा लागेका थिए । चीन सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।
राजमार्ग बन्द
दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गले क्वाङ्तोङलाई फुचियान प्रान्तसँग जोड्छ । चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ र देशका अधिकांश राजमार्गहरू टोल फ्री छन् । यसका कारण सवारीसाधन बढी दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।
४ दिन अघि आएको थियो हावाहुरी
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार शनिवार दिउँसो क्वाङतोङमा आँधीबेहरी आएको थियो । यस अवधिमा यहाँ अधिकतम २० दशमलव ६ मिटर प्रति सेकेन्ड हावाको गतिले हुरी चलेको थियो । यसपछि भारी वर्षा पनि भएको थियो । यसकै कारण राजमार्ग भत्किएको अनुमान गरिएको छ । आँधीका कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जनाभन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास