काठमाडौं। भक्तपुरमा कारको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ ।मंगलवार सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१ ०३० च ०९९५ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा रामेछापको लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौंको माइतीघर बस्ने स्कुटर चालक २३ वर्षीय सुजन तामाङ घाइते भएका थिए ।
उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय राज तामाङको भने मध्यपुरथिमी अस्पतालमा उपचार भइरहेको छ ।
कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौंको कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला