काठमाडौं। भक्तपुरमा कारको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ ।मंगलवार सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१ ०३० च ०९९५ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा रामेछापको लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौंको माइतीघर बस्ने स्कुटर चालक २३ वर्षीय सुजन तामाङ घाइते भएका थिए ।
उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय राज तामाङको भने मध्यपुरथिमी अस्पतालमा उपचार भइरहेको छ ।
कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौंको कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु