२६ रन बनाउँदै आउट भए गुलसन झा

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १५ : ०३
२६ रन बनाउँदै आउट भए गुलसन झा

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ ।

नेपालले पाँचौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो ।  आउट हुनुअघि उनले ११ बलको सामना गरी दुई छक्का र तीन चौकाको मद्दतले २६ रन बनाएका थिए । उनलाई क्यारेबियन बलर रोस्टन चेजले बोल्ड गरेका हुन् । ८.२ ओभरमा गुलसन आउट हुँदा नेपालले ६१ रन बनाएको छ ।