एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १६ : २२
एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा कार्यरत खनियाले बैंकका विभिन्न शाखा, विभाग एवं इकोसिस्टमहरूमा काम गरी २० वर्षभन्दा लामो अनुभव संगालेका छन् ।

 

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा शुरू गरेका खनियाले सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए ।​

 

तत्पश्चात् यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रूपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यावसायिक रणनीति निर्माण एवं कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनिया हाल बैंकको प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका हुन् ।​

बैंकको विभिन्न विभागहरू तथा इकोसिस्टमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफर्मेसनल जर्नीमा अतुलनीय योगदान पुर्‍याएका थिए ।

नयाँ जिम्मेवारीले बैंकलाई थप उचाइ हासिल गरी उच्च व्यावसायिक सफलता प्राप्त गर्न योगदान गर्ने विश्वासका लिइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस