चौबिसकोठी–गोलाघाट सडक दुई बर्षमा पूरा हुन्छ : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०७५, २० : १६
चौबिसकोठी–गोलाघाट सडक दुई बर्षमा पूरा हुन्छ : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम दुई बर्षमा पुरा हुने बताउनु भएको छ । 
शुक्रबार प्रथम चनौली महोत्सव– २०७५ को उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘महानगरपालिकाको महत्वपुर्ण सडक चौबिसकोठी गोलाघाट सडक निर्माणको चरणमा रहेको छ । यो आगामी दुई बर्षमा पुरा हुन्छ ।’ महानगर प्रमुख दाहालले विकासको प्रमुख आधार सडक पूर्वाधार भएको धारण राख्नुभयो । 
 
उहाँले पश्चिम चितवनको केन्द्र चनौली बजारमा आयोजित यस महोत्सव यस भेगकै पहिचान दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो । पश्चिम चितवन भरतपुर महानगरको आकर्षणको केन्द्र भएको भन्दै उहाँले कृषि, पर्यटन, पशुपालन, दुग्ध उत्पादन र पर्यटन विकासको प्रचुर संम्भावना भएको क्षेत्र रहेको बताउनु भयो । ‘भरतपुर महानगरपालिकाले यसको एकिकृत योजनाकासाथ  विकासका कार्यक्रमहरू अगाडी बढाइरहेको छ’ प्रमुख दाहालले भन्नुभयो । उहाँले भरतपुर महानगरले ढिलो–चाँडो सिटीहल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहॉले भन्नुभयो ‘तपाई नगरवासीहरू मलाईसाथ दिनुहोस्, निर्णयमा सहमत हुने कार्यान्वयनमा अवरोध खडा गर्ने परिपाटीबाट म आजित छु, यस्तो परिपाटिको तपाइहरूले खबरदारी गर्नुहोस्, ।’

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले महानगरिय गुरूयोजना निर्माण गरिरहेको भन्दै सोही गुरूयोजना बमोजिम विकासका कामहरू अगाडी बढ्ने बताउनुभयो ।
यस्ता मेला महोत्सवले कला, संस्कृती, पर्यटन र स्थानिय उत्पादनको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले प्रथम चनौली महोत्सव सफल पार्न भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने  प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा पूर्व सभासद बिष्णुमायॉ परियार,  भरपुर महानगर वडा नम्वर २० का अध्यक्ष मणिलाल तामाङग, उद्योग वाणिज्य संघका उपाध्यक्ष टुन नारायण श्रेष्ठ लगायतले चनौली महोत्सवको सफलताको शूभकामना व्यक्त गर्नुभएको थियो ।

चनौली बजारमा सुक्रवारदेखि सुरू भएको प्रथम चनौली महोत्सवमा ६० वटा स्टलहरू रहेका छन । स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सव परिसरमा स्थानिय उत्पादन, तरकारी, विभिन्न समुदायको खानाका परिकार र बाल उद्यान महोत्सवका आकर्षण रहेका छन ।

महोत्सव उदघाटन पूर्व विभिन्न समुदायको सॉस्कृतिक झॉकी र बाजागाजासहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । सो अवसरमा ¥यालीमा सहभागी उत्कृष्ठ समुहहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो ।

शुक्रबारदेखि सुरूभएको प्रथम चनौली महोत्सव अवधिभर स्थानिय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै कृषि, पर्यटन लगायतका बिषयमा गोष्ठी तथा सेमिनारहरू गरिने कार्यक्रम रहेको मोत्सव मूल समारोह समितिकी संयोजक मन्दिरा पोखरेलले जानकारी दिनुभयो । महोत्सव असोज १५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस