पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १८ : ५४
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले २३ जेठमा सुनुवाइ गर्ने भएको छ ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

सशस्त्र युद्धको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर लामो समयसम्म प्रहरीले जाहेरी नै लिन मानेन । सर्वोच्च अदालतले २२ फागुन २०६४ मा आदेश दिएपछि मात्र जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस