एजेन्सी । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् प्रमुख वोल्कर तुर्कले इजरायली हमलापछि गाजाको नासेर र अल शिफा अस्पतालमा पाइएको सामूहिक चिहानको प्रसंगले भयभित बनाएको जनाएका छन् ।
प्रमुख वोल्कर तुर्कले यसबारेमा स्वतन्त्र छानबिन गराउन माग गरेका छन् । प्यालेस्टाइन अधिकारीहरूले नासेर अस्पताल परिसरमा रहेको सामूहिक चिहानबाट ३०० मानिसको शव निकालिएको जनाएका थिए ।
यति धेरै मानिस कसरी मारिए र गाडिए भन्ने प्रष्ट भएको छैन । इजरायली सेनाले भने त्यहाँ शव गाडिएको भन्ने विषयलाई आधारहीन भनेको छ ।
गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि अस्पतालमा आक्रमणकारी लुकेको भन्दै इजरायली सेनाले त्यहाँ धरपकड गरेको थियो । इजरायली सेनाले गाजाका अस्पतालबाट हमासले काम गरेकोले त्यतिबेला आफूले छापा मारेको जनाएको छ ।
प्यालेस्टाइन अधिकारीहरूले भेटेका चिहान गहिरो खाडल खनेर पुरेको र त्यसलाई माथिबाट फोहोरले छोपेको पाइएको जनाइएको छ । शव धेरैजसो वृद्ध, महिला र घाइतेहरूको भएको जनाइएको छ ।
अस्पताल जस्तोसुकै अवस्थामा पनि अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षणमा रहने भए पनि गाजामा सामूहिक चिहान भेटिनुले सबैलाई आश्चर्यचकित पारेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ बैशाख २०८१, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ