तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।
सिरियामा रहेको इरानी वाणिज्य दूतावास विरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायल विरुद्ध हालै गरेको ठुलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उनले राजधानी तेहरानमा सो टिप्पणी गरेका हुन् ।
कनानीले इरानको कूटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताए ।
उनले तेहरानले आफ्नो प्रतिरोधात्मक अपरेसन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ बैशाख २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु