तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।
सिरियामा रहेको इरानी वाणिज्य दूतावास विरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायल विरुद्ध हालै गरेको ठुलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उनले राजधानी तेहरानमा सो टिप्पणी गरेका हुन् ।
कनानीले इरानको कूटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताए ।
उनले तेहरानले आफ्नो प्रतिरोधात्मक अपरेसन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ बैशाख २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानले भन्यो: अमेरिकी एफ-३५ लडाकु विमानमा आक्रमण गर्यौँ
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
पेन्टागनद्वारा इरान युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेटको माग, अमेरिकी राजनीतिमा हलचल
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी