मन्त्रिपरिषद बैठक

मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, १२ : ४१
मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस