एजेन्सी । इजरायलसँग तनाव बढिरहेको बेलामा इरानका राष्ट्रपति इब्राहिम रइसी पाकिस्तानको तीन दिने भ्रमणका लागि एक्कासी आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
यस भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, राष्ट्रपति असिफ अली जरदारी र सेनाप्रमसख जनरल आसिफ मुनिरसँग कुराकानी गर्ने जनाइएको छ ।
गएको जनवरीमा इरानले पाकिस्तानको बलुचिस्तानमा ड्रोन कारवाही गर्दै सो स्थानमा चरमपन्थी समूह जैश अल अदुललाई निशाना बनाइएको जनाएको थियो । इरानले अहिलेको भ्रमणको उदेश्य दुई देशबीचको सम्बन्धलाई प्राथमिकतामा राख्नु रहेको जनाएको छ ।
इजरायल र पश्चिमा मुलुकबीच इरानको तनाव बढीरहेको बेलामा पहिलो भ्रमणका रुपमा इरानी राष्ट्रपतिले पाकिस्तान भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ । इरान र इजरायलबीचको द्वन्द्वका क्रममा पाकिस्तानले तनावबाट बच्न दुवै देशलाई सल्लाह दिएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० बैशाख २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल