बेवारिसे बन्दले चितवनमा पेट्रोल र डिजेलको अभाव

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०७५, २२ : ४१
बेवारिसे बन्दले चितवनमा पेट्रोल र डिजेलको अभाव

चितवन । सवारी साधनका चालकहरुको बेवारिसे बन्दका कारणले चितवनमा पेट्रोल र डिजेलको अभाव देखा परेको छ । 
पूर्वजानकारीबिना अपरिचित संगठनको नामबाट अराजक चालकहरुले तीन दिनदेखि जारी राखेको यातायात बन्दको कारणले पेट्रोल र डिजेल अभाव भएको हो । ‘चालकहरुले गाडी नचलाउँदा ट्यांकर पठाउन पाइएको छैन, त्यसैले पेट्रोल डिजेलको अभाव भएको हो’ चितवन पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वरीलाल भट्टराईले भने । 
जिल्ला प्रशासन कार्यालय भरतपुरले विज्ञप्ति जारी गरी चालकहरुलाई बन्द फिर्ता गरी सवारी साधन चलाउन अनुरोध गरेको छ । ‘नयाँ कानुन चालकहरुको अहितमा छैन, चालकहरु भ्रममा नपरी गाडी चलाउँदा हुन्छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘स्कर्टिङ गरेर भएपनि पेट्रोल र डिजेल ल्याउनेछौँ ।’

प्रतिक्रिया दिनुहोस