गोरखामा हिमताल फुट्दा भीषण बाढी, एउटा पुल बगायो

सफल खबर संवाददाता

आइतबार, ०९ बैशाख २०८१, ०९ : ५७
गोरखामा हिमताल फुट्दा भीषण बाढी, एउटा पुल बगायो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका- १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। 

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

‘बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ। क्षतिको थप विवरण आइसकेको छैन।’

ताल रहेको क्षेत्र चुमनुब्री- १ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने पाठकले बताए। सानागाउँ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ। 

प्रतिक्रिया दिनुहोस