एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, १३ : ००
एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आज सुरु भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरे । महाधिवेशनपछिको दोस्रो ठूलो निकाय रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत र पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस