एजेन्सी । इजरायलले इरान माथी आक्रामण गरेको छ ।
इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् ।
स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीका अनुसार इस्फाहान शहरको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको आवाज सुनिएको थियो।
‘गहजावोर्स्तान सहर इस्फहान एयरपोर्ट र आर्मी एयर फोर्सको आठौं शिकार आधारको नजिक अवस्थित छ,’ फार्स समाचारले भन्यो।
इरानी प्रेस टिभीले पनि मध्य सहर नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ। यो विस्फोटको कारण थाहा हुन सकेको छैन ।
तर, अमेरिकन समाचार माध्यमले भने इजरायलले इरान माथी हमला गरेकाे जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ बैशाख २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु