चितवनमा पहिलो पटक बैंकिङ तथा बिमा एक्सपो शुरु(हेर्नुस् २१ फोटो)

सुरेन कुँवर

विहीबार, ०४ असोज २०७५, १५ : १४
चितवनमा पहिलो पटक बैंकिङ तथा बिमा एक्सपो शुरु(हेर्नुस् २१ फोटो)

नारायणगढ : चितवनमा पहिलो पटक बैंकिङ तथा बिमा एक्सपो आयोजना गरिएको छ । बिहिबार देखि शुरु भएको एक्सपो शुक्रबार सम्म चल्ने छ । एक्सपोको एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक जनक अधिकारी उद्घाटन गर्नुभयो । एक्सपोमा विभिन्न बैंक ,वित्तिय संस्था तथा बिमाका २० स्टलहरु रहेका छन् । मिडिया ईन्टरनेश्लनको आयोजनामा उद्योग वाणिज्य सघं चितवनको सभाहलमा भईरहेको कार्यक्रममा बैंकिङ तथा बिमाको महत्व बारे अन्तरक्रिया गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र कार्यकारी निर्देशक जनक अधिकारीले सबै क्षेत्र,वर्ग,उमेर समुहलाई वित्तिय साक्षरता आवश्यक पर्ने बताउनुभयो । वित्तिय साक्षरता भएमा राष्ट्रले आर्थिक उन्नती गर्न सक्ने उहाँको भनाई छ । यस विषयलाई बैंकिङ पहुँच नभएको ठाउँसम्म पु¥याउन बैंक तथा वित्तिय संस्थाहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकले सन् २०३० सम्म सबै नेपालीको बैंक खाता हुनेपर्ने महोत्वकांशी योजनाका साथ अगाडि बढेको जानकारी दिनुभयो । बैंकहरुलाई ब्याजदर घटाउन भनेपनि केहि प्रविधिक कारणले कार्यन्वनमा ल्याउन नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“माईक्रोफाईन्सहरुमा यो लागु भईसक्यो ,बैकहरुले यस आर्थिक बर्षको ब्लेन्ससिट बनाउदा यहि स्प्रीडमा बनाउनुपर्छ । केहि समयपछि ब्याजदरलाई आर्थिक नीति अनुसार समायोजन गरिन्छ ।”

उद्योग वाणिज्य सघं चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर घटाउन भनेपनि ३ महिनासम्म ब्याजदर नघट्नु दुखद पक्ष रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो नदिएको हो या बैंकहरुले नसुनाका हुन् भन्दै प्रश्न गर्नुभयो । 
कार्यक्रम संयोजक मिडिया इन्टरनेश्नलका अध्यक्ष माधव निर्दोषले अब राजनीतिक एजेण्डा छोडेर आर्थिक क्षेत्रबाट देशलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थी ,महिला र हरेक क्षेत्र,वर्गलाई जागरुप बनाउन यस्ता कार्यक्रमलाई आगाडि बढाइएको बताउनुभयो । यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा आयोजना गर्दै गाँउ घरसम्म आर्थिक जनचेतनाको निम्ति संस्था अघि बढ्ने जानकारी दिनुभयो । काठमाडौं,पुर्वको इटहरी,पशिचमको पोखर हुदै नारायगढसम्म कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

माईक्रोफाईनान्स डेभलपमेनट बेङकर्स एशोसियनका महासचिव बसन्त लम्सालले माईक्रोफान्सले मात्र ग्रामिण भागमा सेवा प्रदान गर्न नसक्ने बताउनुभयो । यसका लागि नेपाल सरकारले जनतालाई सु सुचित बनाउनुपर्नेमा जोड दिनुभयो ।
शुक्रबारसम्म चल्ने एक्सपोमा कृषि व्यवसायी ,विद्यार्थी,साना तथा मझौला उद्योगीहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस