काठमाडौं। बेइजिङ–चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीवार भारी वर्षासँगै आँधीबेहरी आउने चेतावनी जारी गरेको छ । देशका केही भागहरूमा भारी वर्षा हुने अनुमानका आधारमा ‘निलो’ चेतावनी जारी गरिएको हो ।
बिहीवार दिउँसोदेखि शुक्रवार दिउँसोसम्म गुइझोउ, हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी, गुआङ्डोङ, निङ्जिया र सानक्सीका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसम विज्ञान केन्द्रका अनुसार यी क्षेत्रका केही भागहरूमा आँधीबेहरीका साथ अधिकतम समय ५० मिलिमिटर भन्दाबढी वर्षा हुने अनुमान गरिएको छ ।
स्थानीय सरकारहरूलाई उचित तयारी गर्न र तदनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ । विद्यालय र किन्डरगार्टेनलाई विद्यार्थी र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न भनिएको छ । यसै गरी सम्भावित सडक जलमग्नका कारण र ट्राफिक जाम हुन सक्ने हुँदा चालकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।
चीनमा चार वाट स्तरका रङ–कोडित मौसम चेतावनी प्रणाली प्रयोग गरिन्छ, जसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र निलो रङ्को चेतावनी क्रमशः जारी हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास