चितवन। नेकपा (एकीकृत समाजवादी) चितवनको १०औं जिल्ला अधिवेशन यही वैशाख १९ र २० गते भरतपुरमा हुने भएको छ । आज बसेको १०औं पूर्ण बैठकले दुई दिन जिल्ला अधिवेशन गर्ने निर्णय गरेको प्रचार–प्रसार समितिका संयोजक विष्णुराज महतोले जानकारी दिए ।
अधिवेशनलाई सफल बनाउन बैठकले विभिन्न ९ वटा उपसमितिहरु समेत गठन गरेको छ । जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा ३०१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ ।
यस्तै भण्डारीकै संयोजकत्वमा ७ सदस्यीय प्रतिवेदन लेखन उप–समिति, कृष्णराज न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय प्रतिनिधि चयन उप–समिति, राजु श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय आर्थिक उप–समिति चयन गरिएको छ ।
त्यसैगरि विष्णुराज महतोको संयोजकत्वमा ७ सदस्यीय प्रचार–प्रसार उप–समिति, नरेन्द्र कुमार कन्दङवाको संयोजकत्वमा खाद्य व्यवस्थापन उप–समिति, कल्पना सापकोटको संयोजकत्वमा स्वागत सत्कार उप–समिति, केशव पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उप–समिति र गंगालाल लामाको संयोजकत्वमा स्वंयम सेवक उप–समिति चयन गरिएको प्रचार–प्रसार समितिका संयोजक महतोले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय