हिमाल सफाइका लागि सेनाको टोली सगरमाथा आधार शिविरतर्फ प्रस्थान

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, ११ : ०५
हिमाल सफाइका लागि सेनाको टोली सगरमाथा आधार शिविरतर्फ प्रस्थान

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको छ ।

सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १० सैनिकसहित ११ जना सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।टोलीमा दुई जना आपतकालीन अवस्थाका लागि नाम्चेमै  रहेका छन् ।

प्रतिक्रिया दिनुहोस