गजलकार प्रकट पंगेनीको निधन

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १६ : ४७
गजलकार प्रकट पंगेनीको निधन

पोखरा ।  गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलबार नै आर्थिक संकलन अभियान थालिएको थियो ।

उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख र पोखरेली सांस्कृतिक परिवारले २५ हजार सहयोग गर्ने निर्णय यसअघि नै गरेको थियो । 

प्रतिक्रिया दिनुहोस