१४ दशमलव ८१ अङ्कले घट्यो नेप्से, २ अर्ब १० करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १६ : ४२
१४ दशमलव ८१ अङ्कले घट्यो नेप्से, २ अर्ब १० करोडको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सीमित भएको छ । कारोबार भएका कुल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार कुल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर रु २ अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स रु सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स रु छ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट रु चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट रु चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

एसबीएस ऋणपत्र नौ दशमलव ९९, गोर्खाज फाइनान्स नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक पाँच दशमलव शून्य दुई र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।

त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स छ दशमलव ७४, सिवाईसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर पाँच दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पाँच दशमलव शून्य छ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस