काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।रणनीतिक तथा सामाजिक-आर्थिक अनुसन्धानका लागि संस्था (आईएसएसआर)ले आज आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ', प्रधानमन्त्री प्रचण्डले भने, 'वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ ।'
भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने उनले बताए । कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने उनको भनाइ थियो ।
'कानूनको सफल कार्यान्वयनबाट मात्र राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन्छ', उनले भने, 'संविधानले अङ्गीकार गरेका मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न कानूनहरू निर्माण भएर कार्यान्वयनमा रहेका छन् । ती सबै कानून कार्यान्वयन गर्दै देशलाई सुशासन र समृद्धिको यात्रामा डोर्याउन आवश्यक छ ।'
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नीतिगत र कानूनी क्षेत्रमा समेत ठूलो रूपान्तरण आवश्यक हुने उनले बताए । राष्ट्रिय सङ्कल्प र आवश्यकता बमोजिम सङ्घीय ऐनहरू जारी गर्न सरकार लागिपरेको उनको प्रष्टीकरण थियो ।
'संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग सघन संवादका माध्यमबाट आवश्यक कानूनहरूको निर्माण एवं संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले आवश्यक तयारी गरिरहेको छ', उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री प्रचण्ड मोरङमा
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ भेटवार्ता
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो: प्रधानमन्त्री प्रचण्ड
बोगटीको अभाव महशुस भइरहन्छ : प्रधानमन्त्री
दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड