काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फिल्ममा अभिनय गरेका छन् । रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को छायांकनमा उनले मंगलबार बिहान अभिनय गरेका हुन् ।कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा छायांकन भएको फिल्ममा नेता नेपालले केही डायलग पनि बोलेका थिए ।

एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारवाही हुनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेको कथाको सन्दर्भमा आजको छायांकन भएको हो ।
यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि खिचिएको थियो । केही दिनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार