काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशनमा कानुन निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन्।
सभामुख घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानुन निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुई वटा अधिवेशनभन्दा तुलनात्मक रूपमा उपलब्धि पूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेका हुन् ।
उनले राजनीतिक दलहरूबिचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरू अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास समेत व्यक्त गरे ।
संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने विरोध र बहस पनि स्वाभाविक रूपमा लिनुपर्ने स्पष्ट पारे ।
उनले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउने पनि स्मरण गराए ।
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउनसके सङ्घीय संसद्को गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाई थियो । उनले संसद् क्रियाशील र प्रबुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताए ।
सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भूमिका खेल्नुहुने सबै सांसद, संसद् सचिवालयका अधिकारीलगायत सम्बद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने