काठमाडौं । प्रतिनिधिसभाको चालू हिउँदे अधिवेशनको अन्तिम बैठक सुरू भएको छ । कार्य व्यवस्था परामर्श समितिमा विपक्षी दलसँगको सहमतिअनुसार केही कार्यसूची हटाएर बैठक सुरू भएको हो । आजको बैठकमा जरुरी विषयमात्र संसदमा पेश गर्ने सहमति भएपछि अन्य कार्यसूची हटाइएको छ ।
सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुका साथै लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित सदस्यको नाम नामेसी पढेर सुनाउने कार्यसूचीमात्र समावेश गरिएको छ ।
भने, ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०८० पेश, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव, संघीय निजामती सेवा विधेयकको समितिमा दफाबार छलफलको प्रस्तावलगायतका प्रस्ताव कार्यसूचीबाट हटाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग
सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण