काठमाडौं। इरानका तर्फबाट रातभर भएको हवाई हमलापछि इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पहिलो सार्वजनिक प्रतिक्रिया आएको छ ।
सामाजिक सञ्जाल एक्स (ट्विटर)मा आइतबार सन्देश लेख्दै नेतान्याहुले आफूहरूले जित्ने बताएका हुन् ।
'हामीले (इरानी ड्रोनहरूलाई) अवरोध गर्यौं । हामीले रोक्यौं । हामी मिलेर जित्नेछौं,' नेतान्याहुले लेखेका छन् ।
इरानतर्फबाट प्रहार गरिएका करिब ३०० ड्रोन इजरायलले अमेरिकाको सहयोगमा आकाशमै ध्वस्त पारिदिएको छ ।
इजरायल-हमास पछिल्लो तनावका बीच इरानका तर्फबाट भएको प्रत्यक्ष हमलामा इजरायलले खासै ठूलो क्षति नव्यहोरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, ११ : ५५
लेखकबाट थप