तेहरान । इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’ विरुद्ध आक्रमण गरिएको बताएको छ। इरानले जारी गरेको सेनाको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेशन ट्रु प्रमिस’ नाम दिइएको हो ।
विज्ञप्तिमा आक्रमणको प्रकारको जानकारी दिइएको छैन। अहिलेसम्म प्राप्त जानकारी अनुसार इरानको वायुसेनाले इजरायलतर्फ दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेको छ ।
इरानले गत अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको हो। सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो ।
इजरायलले यस आक्रमणको प्रत्यक्ष जिम्मेवारी लिएको छैन। यस आक्रमणमा एक वरिष्ठ इरानी कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो ।
मारिनेमा इरानको एलिट कुड्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर जनरल मोहम्मद हादी हाजी-रहिमी रहेका छन्। इरानले यो हमलाको बदला लिने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी