काठमाडौं । राष्ट्रिय सभाको बैठक केहीबेरको लागि स्थगित भएको छ । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्तावमाथिको छलफलमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव उपस्थित नभएको भन्दै संकल्प प्रस्ताव प्रस्तोता काँग्रेस सांसद कमला पन्तले आपत्ति जनाएपछि बैठक स्थगित गरिएको हो।
राष्ट्रिय सभा बैठक आजै अपरान्ह ३ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो। १० मिनेट भित्र स्वास्थ्यमन्त्री बैठकमा आउँछु भनेकाले केही बेरका लागि बैठक स्थगित गरिएको सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए।
राष्ट्रिय सभाको बैठकमा सांसद पन्तले सो संकल्प प्रस्ताव पेश गरेकी हुन्। सांसद पन्त प्रस्तावक रहेको संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाम ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
राष्ट्रिय सभाको अधिवेशन अन्त्य