काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरूको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृङ्खला कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पूर्ण प्रतिबन्धमा जान नसके पनि करको दायरा बढाउने र नियमनलाई प्रभावकारी बनाउने काममा ध्यान दिनुपर्ने बताए ।
उनले सबै राजनीतिक दलहरूले पनि सैद्धान्तिक रूपमा यसबारेमा छलफल गर्न जरुरी रहेको बताए । उनले जरुरी महत्वको विषय बनाएर छलफलमा लगे मात्रै पूर्ण प्रतिबन्ध गर्न सकिने बताए ।
पार्टीहरूले धूम्रपान, मद्यपानलाई प्रमुख मुद्दाका रूपमा लिएर सचेतना फैल्याउन जरुरी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड