युद्धको प्रभाव : युरोपमा हस्तकलाका सामग्री निर्यात २० प्रतिशतले घट्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, १५ : ०२
युद्धको प्रभाव : युरोपमा हस्तकलाका सामग्री निर्यात २० प्रतिशतले घट्यो

काठमाडौं।  युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ ।हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए ।

उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो ।

 

यसवर्ष गत वर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताए । 'युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ', उनले भने, 'यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।'

हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष रु १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ ।मङ्सिरदेखि पुसमा मात्रै रु आठ अर्बको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस