राजु लामा र रमिला ज्ञाङ्मी स्वरमा ‘सरसर.....’ वोलको गीत सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०७५, १६ : ४८
राजु लामा र रमिला ज्ञाङ्मी स्वरमा ‘सरसर.....’ वोलको गीत सार्वजनिक

काठमाडौं । एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर.....’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको सुमधुर स्वर रहेको छ । जसमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।
सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ ‘सरसर.....’ वोलको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

गीतको म्युजिक भिडियोतर्फ पत्रकार तथा निर्देशक शुब्रतराज आचार्यको निर्देशन रहेको छ, भने जय शर्माको सहनिर्देशन रहेको छ । जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । 
सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादान रहेको छ ।
 

 

प्रतिक्रिया दिनुहोस