राष्ट्रियसभा बैठक बस्दैँ, यस्ताे छ सम्भावित कार्यसूची

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, ०७ : २०
राष्ट्रियसभा बैठक बस्दैँ, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशाषन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कृषी तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाध्ध स्वच्छता तथा गुणस्तर बिधेयक २०७७ प्रतिनिधिसभावाट भएका संसोधन माथी छलफल गरियोस’ र सो ‘संसोधनलाइ सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख रहेको छ ।