लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०८०, १५ : २२
लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताका आधार तय गर्नका लागि महिला र पुरुष दुवैको उत्तिकै भूमिका हुने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले पनि धेरै मुलुकमा एकाध महिला मात्र उच्च नेतृत्वमा पुग्न सकेको बताइन् । ‘महिला आन्दोलन विकसित नभएकै बेला पनि धेरै पहिले नै भारत, श्रीलंका, पाकिस्तान र बङ्गलादेशमा महिलाहरू उच्च नेतृत्वमा पुग्न सफल भएका थिए । त्यसले पनि महिला आन्दोलनमा निकै भूमिका खेलेको छ, ’उनले भनिन् ।

प्राप्त उपलब्धिहरूको रक्षा गर्दै पूर्ण समानुपातिक प्रणालीको बाटोमा जानुपर्ने पनि पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस