कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०८०, ०८ : ०३
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौ । ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको सार्वजनिक नतिजाअनुसार ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।  

उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । अब उनीहरुको २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ।  

दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ।  

त्यस्तै तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस