काेशीका प्रदेश प्रमुखले वैशाख ६ गतेलाई बोलाए विशेष अधिवेशन

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, १६ : २९
काेशीका प्रदेश प्रमुखले वैशाख ६ गतेलाई बोलाए विशेष अधिवेशन

विराटनगर। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएका छन् ।एक–चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रका आधारमा उक्त प्रदेश प्रमुख खापुङले बुधवार अधिवेशनको आह्वान गरेका हुन् ।

 

प्रदेशसभाका ५२ जना सदस्यले हस्ताक्षर गरेर प्रदेशसभाको विशेष अधिवेशनको आहान गरेका थिए ।प्रदेशसभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक–चौथाइभन्दा बढी प्रदेशसभा सदस्यको चैत २६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम आगामी वैशाख ६ गते बिहीवार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसदले विशेष अधिवेशनको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस