काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम शुरू भएको छ ।आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराए ।
बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ ।सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल
राष्ट्रिय सभा बैठक सर्यो
राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
राष्ट्रिय सभा बैठक सुरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी