काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निजी क्षेत्रमैत्री ऐन कानुनहरू नबनाए सम्म देश विकास नहुने टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभामा उनले, निजी क्षेत्र मैत्री ऐन कानुनहरू नबनेसम्म देश पनि नबन्ने भएकाले सरकारले बनाउने ऐन कानुनहरू निजी क्षेत्र मैत्री हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन । निजी क्षेत्र मैत्री ऐन कानुनहरू बन्दैन र सरकारमा बस्नेहरूको नियतमा सुधार हुँदैन तबसम्म देश बन्दैन । त्यसैले सरकारले बनाउने ऐन कानुनहरू निजी क्षेत्र मैत्री हुनुपर्छ ।’
अध्यक्ष लिङ्देनले जति सुकै ठुलो लगानी सम्मेलनको आयोजना गरे पनि लगानीमैत्री ऐन कानुन निर्माण नभएसम्म लगानीकर्ता नेपालमा लगानी गर्न नआउने धारणा राखे । अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धताहरू पूरा भए नभएको समीक्षा गर्नासाथै देश लगानीको लागि तयार छ कि छैन भन्ने कुराको टुङ्गोमा पहिला पुग्नुपर्ने उनको भनाई छ ।
अघिल्ला लगानी सम्मेलनमा भएका प्रतिबद्धता पूरा नभएको स्मरण गराएका लिङ्देनले देशमा लगानी मैत्री वातावरण निर्माणको लागि तयार भए नभएकोबारे सरकारले आफ्नै समीक्षा गर्नुपर्नेमा जोड दिए ।
तपाईँहरूले जति सुकै ठूल्ठूला लगानी सम्मेलन गर्नुहोस्, ऐन कानुनहरू लगानी मैत्री छैनन् भने कसले लगानी गर्छ ?अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धताहरू पूरा भएकी भएन ?त्यो पनि हेर्नुहोस् । त्यसैले देश लगानीको लागि तयार छ कि छैन ?त्यो कुरा पहिले टुङ्गोमा पुग्नुपर्यो । आज निजी क्षेत्रको मनोबल कति गिरेको छ?’ लिङ्देनले प्रश्न गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देन र कोमल ओली ‘कमेडी दरबार’मा
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकार खुम्च्याउन खोजियो : लिङ्देन
हामी जे गर्छौं भनेरै गर्छौं,सरकार नडराए हुन्छः अध्यक्ष लिङ्देन
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: लिङ्देन