युरोपियन च्याम्पियन्स लिग : सिटी र रियलबीच रोमाञ्चक बराबरी

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, ११ : ०८
युरोपियन च्याम्पियन्स लिग : सिटी र रियलबीच रोमाञ्चक बराबरी

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा ३-३ को बराबरी खेलेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकियो ।बर्नार्डो शिल्भाले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए पनि सिटीकै रुबेन डियाजको आतमघाती गोलमा १२औं मिनेटमा रियलले खेल बराबरी गरेको थियो । त्यसको दुई मिनेटपछि रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर ६६औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए ।

७१औं मिनेटमा जस्को गार्डिओलले गोल गरेपछि सिटीले फेरि खेलमा अग्रता बनाउँदै जिततर्फ लम्किएको थियो । तर रियलका फेडरिको भाल्भेरेडेले ७९औं मिनेटमा गोल गरी खेल बराबरी गरे ।

पहिलो लेग रोमाञ्चक बराबरीपछि दोस्रो लेगमा अब दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता हुनेछ ।अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा इंग्ल्स क्लब आर्सनलले जर्मा जायन्ट बायर्न म्युनिखसँग २-२ को बराबरी खेलेको छ । १४ वर्षपछि च्याम्पियन्स लिग क्वाटरफाइनल खेलिरहेको आर्सनलका लागि घरेलु मैदान एतिहाड स्टेडियममा बुकाया साकोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर १८औं मिनेटमा आर्सनलकै पूर्व खेलाडी सर्ज जिनाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए ।

त्यसपछि ह्यारी केनले ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर ७६औं मिनेटमा लियोन्ड्रो ट्रोसार्डले बर्सनलका लागि बराबरी गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस