उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १९ : ०३
उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति

काठमाडौँ । आगामी वैशाख १५ गते हुन लागेको बझाङको उपनिर्वाचनको लागि एमाले प्रदेश अध्यक्षको अध्यक्षतामा ५०१ सदस्यीय उपनिर्वाचन सहयोग समिति गठन गरिएको छ ।

आज धनगढीमा पत्रकार सम्मेलन मार्फत एमाले प्रदेश उपसचिव भागरथी विष्टले चैत्र २४ गते धनगढीमा सम्पन्न भएको प्रदेश कमिटी बैठकले उपनिर्वाचनका लागि समिति गठन गर्ने निर्णय गरिएको जानकारी गराएकी हुन् ।

उनले उक्त समितिमा प्रदेश कमिटीको सदस्य तथा पदाधिकारीहरू, प्रदेश सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरू, लेखा समितिका पदाधिकारी तथा सदस्यहरू, विभागका सदस्य, जनसङ्गठन र पेसागत सङ्गठनका प्रदेश पदाधिकारी तथा सदस्यहरू रहने जानकारी गराइन् ।

त्यस्तै प्रदेश कमिटी बैठकले आगामी वैशाख ७ गतेभित्र

प्रतिक्रिया दिनुहोस