काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।
युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।
बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।
बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतालाई छोए फाँटैफाँट लखेट्ने महेश बस्नेतको चेतावनी
पूर्वराजालाई बस्नेतको प्रश्न- निर्मल निवासमा बस्न मन छ कि छैन ?
युवा संघको प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत
पाँच दलीय गठबन्धनले पाँच गुणा महँगी बढायोः महेश बस्नेत
शरणार्थी प्रकरणमा 'एमालेलाई जर्बजस्ती मुछेको' भन्दै महेश बस्नेतको आपत्ति
सत्ताको निर्देशनमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन फितलो बनाइयो : महेश बस्नेत