दिल्लीमा चोरी भएको भाजपा अध्यक्ष नड्डाकी श्रीमतीको कार बनारसमा भेटियो

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, १४ : १४
दिल्लीमा चोरी भएको भाजपा अध्यक्ष नड्डाकी श्रीमतीको कार बनारसमा भेटियो

काठमाडौँ। भारतको राजधानी दिल्लीमा चोरी भएको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाकी श्रीमती मल्लिकाको कार बनारसमा भेटिएको छ ।गत मार्च १९ (चैत ६)मा दक्षिणी दिल्लीबाट चोरी भएको फच्र्युनर कार आइतवार उत्तर प्रदेशको बनारसमा भेटिएको हो ।

चोरीको आरोपमा भारतीय प्रहरीले शाहीद र शिवांग त्रिपाठी नाम गरेका दुई व्यक्तिलाई पक्राउ गरिएको सञ्चारमाध्यम आजतकले जनाएको छ । पक्राउ पर्नुअघि ती दुई व्यक्तिले उक्त कार नागाल्यान्ड लैजाने तयारी गर्दै थिए ।

उक्त कार भाजपा अध्यक्ष नड्डाकी पत्नी मल्लिकाको नाममा दर्ता छ । चालक जोगिन्दरले सेतो रङको फच्र्युनर कार गोविन्दपुरीस्थित एक सर्भिस सेन्टरमा छोडेका थिए । केही समयका लागि घर फर्किएका जोगिन्दर कार लिनका लागि उक्त सेन्टरमा पुग्दा कार गायब भइसकेको थियो ।

प्रहरीले सीसीटीभी फुटेज अध्ययन गरी चोर पत्ता लगाउन प्रयास गरिरहेको थियो । तर सफल भएको थिएन । प्रहरी २० दिनपछि आइतवार पक्राउ गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस