प्रधानमन्त्री प्रचण्डले भेटेरै दिए लुम्बिनीका मुख्यमन्त्री महरालाई बधाई

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, १५ : ०१
प्रधानमन्त्री प्रचण्डले भेटेरै दिए लुम्बिनीका मुख्यमन्त्री महरालाई बधाई

बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरा बधाई दिएका छन् ।प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनीमा स्वागत गर्न पुगेका मुख्यमन्त्री महरालाई उनले भेटेरै बधाई दिएका हुन् ।

 

चैत १७ गतेदेखि लुम्बिनी चलिरहेको विराट चक्र विज्ञान ध्यान शिविरमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिवार लुम्बिनी आएका हुन् ।सो अवसरमा दाहालले महरालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको महराका स्वकीय सचिव भरत नेपालीले जानकारी दिए ।

मुख्यमन्त्री महराको शपथ ग्रहण आइतवार दिउँसो १ बजेलाई राखिएको छ । महरा शुक्रवार मुख्यमन्त्री नियुक्त भएका हुन् ।मुख्यमन्त्री महराले प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव भएर करिब ९ वर्ष काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस