काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् । शनिबार काठमाडौँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनासो गरे । उनले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौं । तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।’
उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताए । तर स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ ।
उनले भने,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरूले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बिमा अगाडि सारेको हो । तर स्वास्थ्य बिमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन । नीति निर्मातालाई पनि बुझाउन सकिएन ।’
परिवर्तन अभियान नेपालको आयोजना र एसियन मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालको सहकार्यमा भएका कार्यक्रममा नेपाली काँग्रेस काठमाडौं सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनसिल बन्नुपर्ने धारणा राखे । स्वास्थ्य शिविरको अगुवाइ गरेका काँग्रेस युवा नेता सुशील भट्टले संविधानले नै व्यवस्था गरेको स्वास्थ्य अधिकारलाई राज्यबाट नै दुरुपयोग भएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा