काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षकहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा गरेका हुन् ।
लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, काठमाडौँमा सरुवा गरिएको हो ।
केही दिन अघि भएको बढुवासँगै रिक्त हुन आएको पदमा सरुवा गरिएको हो ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, २१ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग
२७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ