गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको चाँडै शिलान्यास हुने बताएका छन् । शुक्रबार गोरखामा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सम्बन्धित निकायलाई छिटो काम गर्न निर्देशन दिएकाले चाँडै शिलान्यास हुने बताएका हुन् ।
गोरखा जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र पार्क निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने पनि बताए ।
‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत्, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु । यो पटक जनताले बुझ्नेगरी बजेट विनियोजन हुनेछ ।’
देशमा सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । उनले भने, ‘शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि छुट्ने छैनन् भन्ने स्पष्ट भएको छ । सुशासन यो सरकारको पहिलो प्राथमिकता हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री प्रचण्ड र फिल्म ‘जेलब्रेक’ को युनिटबिच भेटघाट
महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता
सूचना-प्रविधिलाई 'लिडिङ फ्याक्टर' को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
उत्पादन र रोजगारीमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री प्रचण्ड
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड