अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं : पर्यटनमन्त्री तामाङ

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, १२ : १९
अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं : पर्यटनमन्त्री तामाङ

काठमाडौँ । पर्यटन समितिमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।  शुक्रबार सिंहदरवारस्थित समितिको सभाकक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको हो । 

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण ऐन,२०४६ पुरानो र परम्परागत तरिकाको भएकाले नयाँ र आधुनिक तरिकाले अभिलेखको संरक्षणको व्यवस्था आवश्यक रहेको बताए । 

दुई तीन वर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेको उक्त ऐन परिमार्जनको आवश्यकता महसुस भएकाले छलफल सुरु गरेको उनले जानकारी दिए । उनले भने,‘धेरै कुराहरूमा परिवर्तन आयो । सूचना सञ्चारको पनि विकास भयो । जसको कारणले त्यसलाई भन्दा नयाँ तरिकाले आधुनिक र विज्ञानसँग सम्बन्धित तरिकाले त्यसको संरक्षणको व्यवस्था गर्नुपर्‍यो भनेर दुई तीन वर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेकोमा परिमार्जनको अनावश्यकता महसुस गरी समितिमा छलफल भइरहेको छ ।’

उनले राष्ट्रिय सभाको संशोधन र प्रतिवेदनमा उल्लेख भएका कुराहरूले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने आशङ्का पैदा भएको बताए ।  उनले भने, ‘राष्ट्रिय सभाको संशोधनले पनि र त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरूले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने भन्ने कुरा छ । त्यसैले विषयवस्तु यहाँ प्रवेश भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस