जसपाले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १२ : ३२
जसपाले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । 

जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस