तपस्वी रामबहादुर बम्जनको मुद्दामा ३ हप्ता भित्र बहस नोट पेश गर्न आदेश

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १६ : २२
तपस्वी रामबहादुर बम्जनको मुद्दामा ३ हप्ता भित्र बहस नोट पेश गर्न आदेश

सर्लाही। सर्लाही जिल्ला अदालतले ‘लिटल बुद्ध’ भन्ने तपस्वी रामबहादुर बम्जनको मुद्दामा तीन हप्ता भित्र बहस नोट पेश गर्न आदेश दिएको छ ।न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले बुधवार दुवै पक्षको सुनवाइपछि यस्तो आदेश दिएको हो ।

 

सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीका अनुसार आगामी तीन हप्ता भित्र दुवै पक्षबाट बहस नोट पेश गर्न आदेश भएको हो ।गत पुष २६ गते सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

 

 

उक्त आदेशपछि उनी महोत्तरीको जलेश्वरस्थित कारागारमा थुनामा छन् ।आश्रममा आएका अनुयायीलाई यौन हिंसा गरेको र बेपत्ता बनाएको अभियोग बम्जनमाथि छ ।

प्रतिक्रिया दिनुहोस