पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् ।
बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
संवैधानिक प्रावधान अनुसार २२ चैतभित्र विश्वासको मत लिनुपर्ने भए पनि पाण्डेले विश्वासको मत पाउने सम्भावना नरहेको भन्दै बुधबार राजीनामा दिएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको २७, एमालेकाे २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् । सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
हेर्नुहोस् प्रदेश प्रमुख कार्यालयको सूचना
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती