सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन रञ्जिताको ह्वीप

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १४ : ३५
सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन रञ्जिताको ह्वीप

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सुदूरपश्चिम प्रदेशसभा सांसदहरूलाई कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्देशन दिएकी छन्।

उनले नाउपा संसदीय दलको कार्यालय, सुदूरपश्चिम प्रदेश कमिटीलाई पत्र लेख्दै विश्वासको मत नदिने ह्वीप जारी गरेकी हुन्।

पत्रमा भनेकी छन्- उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मुख्यमन्त्री कमलबहादुर शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको ब्यहोरा अनुरोध गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस